नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

स्थानीय निर्वाचन अपडेट ः खिजिदेम्बामा जसपाले खाता खोल्यो, प्यानल सहित विजयी

ओखलढुङ्गान्युज ३१ बैशाख, खिजिफलाटे स्थानीय निर्वाचन २०७९ अन्तर्गत ओखलढुङ्गामा जनता समाजवादी पार्टीले खाता खोलेको छ । जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा नं. १ मा आफ्ना मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निर्मल कुमार श्रेष्ठ लाई ९ मतले हराउदै जनता समाजवादी पार्टीका कुमार सुनुवार विजयी भएका हुन् ।

विजयी भएका जसपाका सुनुवारले ३०४ मत पाएका छन् । त्यस्तै कांग्रेसका श्रेष्ठले २९३ मत पाएका थिए । त्यस्तै वडा अध्यक्ष पदका प्रतिष्पर्धी एमालेका टिका नारायण श्रेष्ठले २२४, माओवादी केन्द्रका सन्त नारायण श्रेष्ठले ६५ तथा स्वतन्त्र उमेद्वार अमृत कुमार खड्काले ५१ मत पाएका छन् ।

त्यस्तै पालिका तर्फ भने वडा नं. १ बाट अध्यक्ष पदमा जसपाले ४६९, कांग्रेसले २६३, एमालेले १९३ मत पाएका छन् । त्यस्तै गाउँपालिकाको उपाध्यक्ष तर्फ जसपाले ३८९, कांग्रेसले ३०३ र एमालेले २९१ मत पाएका छन् ।