नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

स्थानीय निर्वाचन अपडेट : मोलुङमा गठबन्धनले लियो अग्रता

ओखलढुङ्गान्युज ३१ बैशाख, प्राप्चा स्थानीय तहको निर्वाचन अन्तर्गत मोलुङ गाउँपालिकामा पनि मतगणनाको कार्य सुरु भएको छ । मोलुङ गाउँपालिकामा मतदान सम्पन्न हुनासाथ मतपेटिका संकलन गरेर सर्बदलिय बैठक पश्चात मध्यरातिवाट नै मतगणना कार्य सुरुवात गरेको हो ।

शनिवार विहान साढे ६ बजेसम्म मोलुङमा ६ सय मतगणना सकिएको छ । ६ सय मत गणना सकिदा त्यहाँ गठबन्धनका उमेद्वारले पालिका अध्यक्षमा अग्रता लिएका छन् । मोलुङ गाउँपलिकाको अध्यक्ष पदमा गठबन्धनको तर्फवाट नेपाली कांग्रेसका उमेद्वारले ३४९ मत पाएका छन् भने एमालेका उमेद्वारले १८६, राप्रपाले १७ र नेकपा मालेले ३ मत पाएका छन् ।

त्यस्तै गाउँपालिकाका उपाध्यक्ष पदमा गठबन्धनको तर्फवाट उमेद्वार बनेका माओवादी केन्द्रका उमेद्वारले २१३ मत पाएका छन् भने एमालेका उमेद्वारले २१६, राप्रपाले ६ र नेकपा एकिकृत समाजवादीले १ मत पाएका छन् ।

त्यसैगरि वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उमेद्वारले २८३, एमालेका उमेद्वारले २५३, माओवादीका उमेद्वारले ६, राप्रपाका उमेद्वारले ९ र मालेका उमेद्वारले १ मत पाएका छन् ।

मतदाता शिक्षा सञ्चालन नहुदा मोलुङमा गाउँपालिकाको उपाध्यक्ष पदका उमेद्वारहरुले पाएको मत अत्याधिक मात्रामा बदर भएको पाईएको छ ।