नेपाली समय Loading...२०८२ असार २१ शनिबार

पहिलो दिन मोलुङमा दुई पार्टीको दुई जनाले दिए अध्यक्ष पदमा उम्मेदवारी

ओखलढुङ्गान्युज ११ बैशाख, प्राप्चा स्थानीय निर्वाचन २०७९ अन्तर्गत आजवाट निर्वाचन आयोगले उमेद्वार मनोनयन दर्ताको काम सुरुवात गरेको छ । उमेदवार मनोनयनको पहिलो दिन मोलुङ गाँउ पालिकामा दुईओटा राजनितिक दलका दुई जना उमेदवारले अध्यक्ष पदमा उमेदवारी दिएका छन् ।

उमेदवारी मनोनयन दर्ता गर्ने पहिलो दिन मालुङमा दुईजनाले मात्र मनोनयन दर्ता गरेको मोलुङ गाउँपालिकाका निर्वाचन अधिकृत खीमा देवी लङ्वाले जानकारी दिनुभयो । निर्वाचन अधिकृत लङ्वाका अनुसार आईतवार मोलुङमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेकपा मालेको तर्फवाट पालिका अध्यक्ष पदमा उमेदवारी दर्ता गराएका छन् । यी वाहेक आईतवार अरु कसैले पनि उमेदवारी दर्ता गराएका छैनन ।

विगतका निर्वाचनमा उम्मेदवारी दिन समय एक दिनको मात्र तय गरेको एपनि यस पटक उमेदवारी दिने समय दुई दिन तोकेको छ । उमेदवारी मनोनयन दर्ता गर्ने समय दुई दिन भएकोले जिल्लाका अन्य ठूला पार्टीहरुले दोश्रो दिनलाई रोजेका छन् । आफ्नो पार्टीको उम्मेदवारको टुङ्गो लगाउन सकस हुँदा ठूला दलले पनि पहिलो दिन उम्मेदवारी मनोनयन दर्ता नगरेका हुन् ।