नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

अध्यक्षकप क्रिकेट टुर्नामेन्टको उपाधि जहदा–४ लाई

ओखलढुङ्गान्युज बैशाख, विराटनगर मोरङको जहदा गाउँपालिकामा सम्पन्न भएको अध्यक्षकप क्रिकेट टुर्नामेन्ट–२०७८ को उपाधि जहदा–४ ले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा आयोजक लक्ष्मिनिया युवा क्लबलाई १५ रनले पराजित गर्दै जहदा–४ ले टुर्नामेन्टको विजेताको उपाधि हात पारेको हो ।

शनिबार भएको फाईनलमा विजेता बनेसँगै जहदा–४ ले नगद रु ३१ हजार सहित मेडल र प्रमाण–पत्र हात पारेको छ । त्यस्तै उपविजेतामा सिममित रहन पुगेको लक्ष्मिनिया युवा क्लबले नगद रु २१ ह्जार, मेडल र प्रमाण–पत्र हात पारेको छ । विजेता तथा उपविजेतालाई प्रदेश नं. १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादव तथा जहदा गाउँपालिकाका अध्यक्ष कैलाश प्रसाद मण्डलले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

खेलको म्यान अफ द म्याच विजेता जहदा–४ का रबिन मण्डल भए । उनले कप र प्रमाण–पत्र प्राप्त गरे । यस्तै टुर्नामेन्टको म्यानअफ द सिरिज उप–विजेता लक्ष्मिनिया युवा क्लबका अभिषेक सिहं, बेस्ट बलर क्लबकै निरञ्जन अधिकारी, बेस्ट क्याच विजेता टीम जहदा–४ का विशाल मण्डल र बेस्ट फिल्डर सोही टीमका चन्दन सिंह घोषित भए । उनीहरुले पनि मेडल र प्रमाण–पत्र प्राप्त गरे ।

खेलको औपचारिक कार्यक्रममा बोल्दै प्रदेश सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले पछिल्लो समय आयोजक क्लबको भुमिका र सक्रियता बढ्दै गएको बिषयको प्रशंसा गरे । उनले भोलिका दिनमा क्लबलाई चाहिने आवश्यक सहयोगका निम्ति आफु सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै जहदा गाउँपालिकाका अध्यक्ष मण्डलले लक्ष्मिनिया युवा क्लबद्वारा आयोजित यसप्रकारले खेलले राष्ट्रिय स्तरका खेलाडीहरुको उत्पादनमा सहयोग पु¥याउने बताए । उनले आयोजक टीमप्रति आभार समेत प्रकट गरे ।

लक्ष्मिनिया युवाक्लबले २०७५ सालदेखि प्रत्येक वर्ष क्रिकेट टुर्नामेन्टको आयोजना गर्दै आईरहेको छ । क्लबले यसअघि पनि २०७५, २०७६ र २०७७ मा ३ पटकसम्म क्रिकेट टुर्नामेन्टको आयोजना गरिसकेको छ ।