नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक राजिनामा

ओखलढुङ्गान्युज । चैत २१, काठमाण्डौं । आईतवार राति अवेर श्रीलंकाका सबै मन्त्रीहरुले सामूहिक राजिनामा दिएका छन् । श्रीलंकालाई आर्थिक संकटले जटिल बनाउदै गरेको अबस्थामा राजनीतिक उथलपुथल तीव्र बनेको हो । यहि क्रममा त्यहाँका मन्त्रीहरुले सामूहिक राजिनामा दिएका हुन् ।

श्रीलंकामा मन्त्रीहरुले किन सामूहिक राजिनामा दिए भन्ने बारेमा केहि कारण भने उल्लेख गरेका छैनन् । तथापी श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले समेत आफ्ना सबै विभागबाट राजीनामा दिएको बताइएको छ । यसअघि आइतबार दिउसो राजधानी कोलम्बोमा सरकारको विरोध गरेको आरोपमा आन्दोलन गरिरहेका ६ सय ५० भन्दा बढी नागरिकहरुलाई पक्राउ गरिएको थियो।

पक्राउ परेका नागरिकहरुले देशमा आर्थिक मन्दीको विरोधमा सरकारले लगाएको कर्फ्यु तोडेर सरकार विरुद्ध र्याली निकालेका थिए । र्यालीमा सहभागी भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको श्रीलंका सरकारले जनाएको छ ।

यसैबीच श्रीलंकामा आईतबारवाट सामाजिक सञ्जाल प्लेटफ्रम बन्द गरिएका छन् । आइतबारदेखि देशभर फेसबुक, ट्विटर, ह्वाट्सएप र इन्स्टाग्राम लगायत सबै सामाजिक सञ्जाल सेवा बन्द गरिएको इन्टरनेट निगरानी संस्था नेटब्लक्सले जानकारी दिएको हो ।