नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको उपाधि नेपाललाई

ओखलढुङ्गान्युज । चैत २१, काठमाण्डौं । सोमबार भएको त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । सोमबार भएको फाईनल खेलमा नेपालले पपुवा न्यूगिनी (पिएनजी) लाई ५० रनले पराजित गर्दै उपाधि जितेको हो ।

आफ्नो पाँचओटै खेलमा विजयी यात्रालाई कायम राख्दै नेपालले उपाधि जितेको हो । सोमबार भएको २० ओभरको फाईनल खेलमा पपुवा न्युगिनीलाई ५० रनले पराजित गरेको हो । फाईनल खेल्नु अघि खेलिएको दुवै खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६ दशमलब १ ओभरमा १ सय १८ रन मात्र बनाउन सक्यो ।

आज भएको खेलमा नेपालका लागि बिस्फोट ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरीले आउट नभइ ५४ रन बनाए । ३८ बल खेलेका उनले ५ चौका प्रहार गरे । योसँगै ऐरीले  टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पूरा गरेका छन् । उनी नेपालबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी भएका छन् ।

मलेसिया र पिएनजी सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलामा नेपाल अपराजित रह्यो । नेपालले फाइनलसम्मका सबै पाँच खेल जितेको हो।