नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

पढ्दै कमाउदै कार्यक्रमका लागि ओखलढुङ्गाका २ विद्यालय छनौट

बरुणेश्वर मावि रामपुर, मोलुङ २

ओखलढुङ्गान्युज चैत १७, ओखलढुङ्गा ओखलढुङ्गा जिल्लाका दुईओटा सामुदायीक विद्यालय नेपाल सरकारको पढ्दै कमाउदै कार्यक्रमका लागि छनौटमा परेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउदै कार्यक्रमका लागि गरेको छनौटमा मोलुङ गाउँपालिकाको बरुणेश्वर मावि रामपुर र सुनकोशी गाउँपालिकाको प्रबुद्ध मावि च्यानम परेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गगत पढ्दै कमाउँदै कार्यकम (लर्निङ बाइ अर्निङ) विद्यालय सहयोग कार्यक्रमका लागि देशभरवाट १४० विद्यालयलाई छनौट गरेर बुधबार विद्यालयको सूची सार्वजनिक गरेको थियो । प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले उक्त कार्यक्रम लागू गर्ने गरी कार्यविधि तयार गरेको थियो । कार्यबिधी अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो ।

बुधबार सार्वजनिक गरिएको सूचनामा प्रत्येक जिल्लाबाट कम्तीमा एक विद्यालय अनिवार्य र बढीमा पाँच वटा विद्यालय छनोट गरिएको केन्द्रले जानकारी दिएको छ । आवेदन परेका विद्यालयहरुलाई जिल्लाको मूल्यांकन समितिले छनोट गरेको आधारमा प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालय छनोट गरिएको केन्द्रले जनाएको छ । कार्यक्रम सञ्चालनका लागि ७० जिल्लाबाट मात्रै आवेदन परेको केन्द्रले जनाएको छ ।