नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा नेपालको दोस्रो जित

ओखलढुङ्गान्युज । चैत १६, काठमाण्डौं । बुधबार भएको त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेसँगै दोश्रो जित हात पारेको हो ।

बुधबारको आफ्नो दोश्रो खेलमा मलेसियाले दिएको १ सय १५ रनको सामान्य लक्ष्य नेपालले १३ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको थियो।

नेपालले आफ्नो पहिलो खेलमा पपुवा न्यूगिनीलाई १५ रनले हराउदै पहिलो जित दर्ता गरेको थियो । नेपालले मलेसियाविरुद्ध अर्को खेल आगामी शनिबार खेल्नेछ ।