नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य

ओखलढुङ्गान्युज । चैत ३, काठमाण्डौं । बुधबार नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य फेरि बढाएको छ । आयल निगमले बुधबार मध्यरातिदेखि लागु हुने गरी डिजेल, मट्टीतेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो ।

बृद्धि गरिएको नयाँ मूल्य सूचीअनुसार काठमाण्डौंमा अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १३८ रुपैयाँ पर्छ । हवाई इन्धन आन्तरिकतर्फ पनि निगमले १५ रुपैयाँ बढेको बृद्धि गरेको छ । तर खाना पकाउने एलपी ग्यासको मूख्य भने निगमले बढाएको छैन ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २८ रुपैयाँ ५७ पैसा, डिजेलमा ३२ रुपैयाँ १५ पैसा घाटा छ भने मट्टितेलमा प्रतिलिटर २४ रुपैयाँ ३४ पैसा नाफा छ । मूल्य समायोजनले १५ दिनको अनुमानित घाटा ५ अर्ब ३० करोडबाट घटेर ४ अर्ब ४४ करोडमा पुग्ने निगमको दाबी छ ।