नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

एकदिवसीय क्रिकेटमा नेपालको विजयी सुरुवात

ओखलढुङ्गान्युज चैत , काठमाण्डौं आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खलामा नेपालले विजयी सुरुवात गेको छ । बुधबार भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी –पीएनजी) लाई दुई विकेटले हराउदै विजयी सुरुवात गरेको हो ।

बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पीएनजीले दिएको दुई सय पाँच रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा आठ विकेट गुमाएर भेटाएके थियो । नेपालका लागि सबैभन्दा बढि रोहित पौडेलले ५८ र आरिफ शेखले ५४ रन बनाएका थिए । खेलमा रोहित पौडेल र आरिफ शेखले पाचौं विकेटका लागि एक सय दुई रनको साझेदारी गरे । योसँगै आरिफ र रोहित शतकीय साझेदारी गर्ने पहिलो नेपाली जोडी बनेका छन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रन बनाएको थियो । उसका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए । शृङ्खला अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल शुक्रवार यूएईसँग, तेस्रो खेल आउँदो ७ गते यूएईसँग नै र चैत ८ गते अन्तिम खेल पीएनजीसँग खेल्नेछ ।