नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

फेरी बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य

ओखलढुङ्गान्युज । फागुन २०, ओखलढुङ्गा । नेपाल सरकारले पेट्रोलियम पद्धार्थको मूल्य फेरी बढेको छ । शुक्रबार विहान देखी लागू हुनेगरि सरकारले पेट्रोलियम पद्धार्थको मूल्य प्रति लिटर रु ५ बढाएको हो ।

पेट्रोलियम पद्धार्थको मूल्य बढेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ । आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५।३४ रुपैयाँ घाटा भइरहे पनि नबढाउने निर्णय लिएको छ । हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ ।

आयल निगमको आर्थिक संकट गहिरिएको भन्दै निगम सञ्चालक समितिले कर्मचारीलाई दिँदै आएको पोशाक संरक्षण खर्च कटौती गर्ने निर्णय पनि गरेको छ ।