नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

प्रावि तहको परीक्षा चैत १९ गते, परीक्षा केन्द्र कहाँ कहाँ तोकियो ?

ओखलढुङ्गान्युज फागुन , काठमाण्डौं शिक्षक सेवा आयोगले सञ्चालन गर्ने प्रावि तहको परीक्षा आगामी चैत १९ गते नै हुने भएको छ । आगामी चैत १९ गते सञ्चालन हुने प्राथमिक तहको खुला (सामान्य) प्रतियोगितात्मक लिखित परीक्षाका लागि आयोगले परीक्षा केन्द्र सञ्चालन हुने जिल्ला निर्धारण गरेको हो ।

शिक्षक सेवा आयोगले आईतवार एक सूचना प्रकाशित गर्दै चैत १९ गते सञ्चालन हुने प्रथम पत्रको लिखित परीक्षाका लागि सातओटै प्रदेशको २० जिल्लालाई परीक्षा केन्द्र निर्धारण गरेको जनाएको छ । जस अनुसार सबैभन्दा बढि कर्णाली प्रदेशको ९ ओटा जिल्लाका परीक्षार्थीलाई परीक्षा केन्द्र एकैठाँउ सुर्खेतमा परीक्षा केन्द्र निर्धारण गरेको छ । बागमती प्रदेशका चितवन र मकवानपुरमा भने २/२ जिल्लाका परीक्षार्थीहरुका लागि परीक्षा केन्द्र तय गरिएको छ ।

कुन् जिल्लाका परीक्षार्थीको परीक्षा केन्द्र कहाँ ?

प्रदेश नं. १ अन्तर्गत ः झापा परीक्षा केन्द्र ः ताप्लेजुङ, पाँचथर र ईलामका परीक्षार्थी

                        मोरङ परीक्षा केन्द्र ः संखुवासभा, भोजपुर, सुनसरी, तेह«थुम र झापा

                        उदयपुर परीक्षा केन्द्र ः सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ

मधेश प्रदेश अन्तर्गत ः परीक्षा केन्द्र धनुषा ः सिरहा, सप्तरी, बारा र पर्सा

                        परीक्षा केन्द्र पर्सा ः धनुषा, महोत्तरी, सर्लाही र रौतहट

बागमती प्रदेश अन्तर्गत ः परीक्षा केन्द्र चितवन ः धादिङ र मकवानपुर

                        परीक्षा केन्द्र मकवानपुर ः चितवन र सिन्धुली

                        परीक्षा केन्द्र काठमाण्डौं ः रसुवा, नुवाकोट र काभ्रेपलाञ्चोक

                        परीक्षा केन्द्र ललितपुर ः दोलखा, रामेछाप र सिन्धुपाल्चोक

गण्डकी प्रदेश अन्तर्गत ः परीक्षा केन्द्र वागलुङ ः मुस्ताङ, म्याग्दी र पर्वत

                        परीक्षा केन्द्र कास्की ः लम्जुङ, स्याङ्जा, बागलुङ र तनहुँ

                        परीक्षा केन्द्र तनहुँ ः मनाङ, गोरखा, कास्की र नवलपरासी पूर्व

लुम्बिनी प्रदेश अन्तर्गत ः परीक्षा केन्द्र रुपन्देही ः गुल्मी, कपिलबस्तु र पाल्पा

                        परीक्षा केन्द्र कपिलवस्तु ः नवलपरासी पश्चिम, रुपन्देही र अर्घाखाँची

                        परीक्षा केन्द्र दाङ ः बाँके, प्युठान, रोल्पा र रुकुम पूर्व

                        परीक्षा केन्द्र बाँके ः दाङ, बर्दिया र सुर्खेत

कर्णाली प्रदेश अन्तर्गत परीक्षा केन्द्र सुर्खेत ः हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालिकोट, सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेख

सुदुरपश्चिम प्रदेश अन्तर्गत परीक्षा केन्द्र कैलाली ः बाजुरा, अछाम, डोटी, दार्चुला र कञ्चनपुर

                        परीक्षा केन्द्र कञ्चनपुर ः बैतडी, बझाङ, डडेलधुरा र कैलाली