नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गामा बुधबार थपिए ७ संक्रमित, १३ निको

ओखलढुङ्गान्युज । फागुन ४, ओखलढुङ्गा । बुधबार ओखलढुङ्गामा ७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बुधबार १६ जनामा एन्टिजेन परीक्षण गर्दा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

बुधबार थपिनेहरुमा चम्पादेवी गाउँपालिकाका ६ जना र चिशंखुगढी गाउँपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका सुचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । बुधबार ७ जना थपिए सँगै कोरोनाको तेश्रो लहरमा ओखलढुङ्गामा संक्रमित हुनेको संख्या ३ सय ६६ पुगेको छ । 

बुधबार नै १३ जना कोरोना भाइरसका संक्रमितहरु भने निको भएका छन् । योसँगै तेस्रो चरणमा संक्रमित भएर ओखलढुङ्गामा निको हुने संक्रमितको संख्या पनि ३ सय २ पुगेको सुचना अधिकारी पन्तले जानकारी दिए । अब जिल्लामा सक्रिय संक्रमित ६४ जना रहेका छन् । ती मध्ये १ जना संस्थागत आइशोलेसनमा र ६३ जना होम आइशोलेसनमा रहेको पनि पन्तले जानकारी दिए ।