नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

मंगलबार ओखलढुङ्गामा थपिए ५  संक्रमित, ७ जना निको

ओखलढुङ्गान्युज फागुन , ओखलढुङ्गा ओखलढुङ्गा जिल्लामा मंगलबार ५ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । मंगलबार ५ जना नयाँ संक्रमित थपिदा ७ जना भने कोरोना भाईरस संक्रमण मुक्त भएका छन् ।

मंगलबार ओखलढुङ्गामा १३ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना भाईरस संक्रमण पुष्ठि भएको स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकार पुष्पराज पन्तले जानकारी दिए । सूचना अधिकारी पन्तका अनुसार मंगलबार थपिएकाहरुमा ३ महिला र २ पुरुष छन् । थपिएका संक्रमितहरुमा मोलुङ गाउँपालिकाका ४ जना र लिखु गाउँपालिकाका १ जना रहेको पनि सूचना अधिकारी पन्तले जानकारी दिए ।

मंगलबार को तथ्यांक अनुसार अब ओखलढुङ्गामा कोरोना भाईरसका सक्रिय संक्रमितको संख्या ७० रहेको छ । ती मध्ये २ जना अस्पतालको आईशोलेसन र ६८ जना होम आईशोलेसनमा रहेका छन् ।