नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

प्रणय दिवसमा इटहरीमा ‘प्रणय सृजना’ वाचन

ओखलढुङ्गान्युज फागुन , ईटहरी सोमबार इटहरी २ मा रहेको सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा  ‘प्रणय सृजना’ वाचन कार्यक्रमको आयोजना गरिएको छ । प्रणय दिवस फेब्रुअरी १४ को अबसर पारेर सोमबार प्रणय सृजना बाचन कार्यक्रमको आयोजना गरिएको हो ।

प्रणय दिवसको अवसर पारेर सृजना वाचन कार्यक्रम राखिएको क्यानभास साहित्य समाजका सचिव विवेक विवश रेग्मीले बताए । तरहरामा रहेको क्यानभास साहित्य समाजद्वारा आयोजित ‘प्रणय सृजना’ वाचनमा इटहरी, धरान, बराहक्षेत्र, रामधुनी, धनकुटा, मोरङ, खोटाङबाट आएका सर्जकहरूले सृजना बाचन गरेका थिए ।

साहित्यिक गतिविधिमा सक्रिय भइरहनका लागि पनि यस्ता कार्यक्रमको आवश्यकता महसुस गरी आयोजना गरिएको समाजका अध्यक्ष भरत दाहालले बताए । अध्यक्ष दाहालका अनुसार समाजले विभिन्न समयमा साहित्यिक गतिविधि गर्दै आएको छ । उनका अनुसार कार्यक्रममा तीन दर्जन बढी स्रष्टाहरूले रचना बाचन गरेका थिए ।