नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

सोमबार ओखलढुङ्गामा थपिए कोरोनाका १३ संक्रमित, ६ निको

ओखलढुङ्गान्युज । फागुन २, ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लामा सोमबार १३ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । सोमबार १३ जना नयाँ संक्रमित थपिदा ६ जना भने कोरोना भाईरस संक्रमण मुक्त भएका छन् । सोमबार नयाँ संक्रमित थपिएसँगै ओखलढुङ्गामा कोरोना भाईरस संक्रमित हुनेको संख्या ३ सय ५४ पुगेको छ ।

सोमबार ओखलढुङ्गामा १८ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा कोरोना भाईरस संक्रमण पुष्ठि भएको स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकार पुष्पराज पन्तले जानकारी दिए । सूचना अधिकारी पन्तका अनुसार आईतवार थपिएकाहरुमा ८ महिला र ५ पुरुष छन् । थपिएका संक्रमितहरुमा सुनकोसी गाउँपालिकाका ४ जना, चिशंखुगढी गाउँपालिकाका ७ जना र लिखु गाउँपालिकाका २ जना रहेको पनि सूचना अधिकारी पन्तले जानकारी दिए ।

सोमबारको तथ्यांक अनुसार अब ओखलढुङ्गामा कोरोना भाईरसका सक्रिय संक्रमितको संख्या ७२ रहेको छ । ती मध्ये २ जना अस्पतालको आईशोलेसन र ७० जना होम आईशोलेसनमा रहेका छन् ।