नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताका लागि ओखलढुङ्गावाट २० खेलाडी छनौट

ओखलढुङ्गान्युज । फागुन १, ओखलढुङ्गा । फागुन दोश्रो साता हुने प्रदेश १ स्तरिय तेक्वान्दो प्रतियोगिताका लागि ओखलढुङ्गावाट २० जना खेलाडी छनौट भएका छन् । आईतवार सगरमाथा जनता माद्यमिक विद्यालयको खेल मैदानमा भएको जिल्ला छनौट प्रतियोगिता मार्फत २० खेलाडी छनौट भएका हुन् ।

छनौट भएका खेलाडीहरुले आगामी फागुन १२ र १३ गते ईटहरीमा हुने प्रदेश नं. १ स्तरिय तेक्वान्दो छनौट प्रतियोगितामा सहभागी हुनेछन् । प्रदेशवाट छनौटमा परेका खेलाडीहरुले निकट भविष्यमा हुन लागि रहेको २४ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सहभागीता जनाउने जिल्ला तेक्वान्दो संघ ओखलढुङ्गाले जनाएको छ ।

आईतवार भएको छनौट प्रतियोगितावाट २० जना भित्र सिनियर पुरुष तर्फ अविषेक सुवेदी, लक्ष्मण कटवाल, प्रवेश राई र राम कटवाल परेका छन् । त्यस्तै सिनियर महिला तर्फ पुजन मगर, रमिला रुचाल, निर्जला गुरुङ, छोटी शेर्पा, अञ्जना सिलवाल र निर्मला सुनुवार छनौटमा परेका छन् ।

त्यस्तै जुनियर महिला तर्फ अञ्जना राई, सविना बस्नेत, सूचना राई, वर्षा राई र प्रतिना राई तथा जुनियर पुरुष तर्फ सागर शेर्पा, भरत सुनुवार, सुमन कार्की, अनुप राई र रोसन राई छनौटमा परेका छन् ।