नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

आईतबार ओखलढुङ्गामा थपिए ५ संक्रमित, ६ जना निको

ओखलढुङ्गान्युज फागुन , ओखलढुङ्गा ओखलढुङ्गा जिल्लामा आईतबार ५ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । आईतवार ५ जना नयाँ संक्रमित थपिदा ६ जना भने कोरोना भाईरस संक्रमण मुक्त भएका छन् ।

आईतबार ओखलढुङ्गामा १६ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना भाईरस संक्रमण पुष्ठि भएको स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकार पुष्पराज पन्तले जानकारी दिए । सूचना अधिकारी पन्तका अनुसार आईतवार थपिएकाहरुमा २ महिला र ३ पुरुष छन् । थपिएका संक्रमितहरुमा २ जना सिद्धिचरण नगरपालिकाका र ३ जना चम्पादेवी गाउँपालिकाका रहेको पनि सूचना अधिकारी पन्तले जानकारी दिए ।

आईतवारको तथ्यांक अनुसार अब ओखलढुङ्गामा कोरोना भाईरसका सक्रिय संक्रमितको संख्या ६५ रहेको छ । ती मध्ये २ जना अस्पतालको आईशोलेसन र ६३ जना होम आईशोलेसनमा रहेका छन् ।