नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

सय अंकले घट्यो आईतवार शेयर बजार

ओखलढुङ्गान्युज फागुन , काठमाण्डौं अघिल्लो हप्ता निरन्तर घटेको शेयर बजार आईतवार पनि घटेको छ । साताको पहिलो दिन आईतवार शेयर बजार परिसूचक नेप्से सयभन्दा धेरै अङ्कले घटेको छ । आईतवार नेप्से  एक सय एक दशमलव २४ अङ्कले घटेर दुइ हजार सात सय दशमलव ३२ अङ्कमा झरेको छ ।

आइृबार सेयर बजारका सबै समूहको शेयर घटेकोमा बीमा समूह, विकास बैंक, उत्पादन समूह, माइक्रोफाइनान्स, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ । आईतवार दुई सय २७ कम्पनीको एक करोड १६ लाख कित्ता शेयर पाँच अर्ब ९७ करोड रुपैयाँमा कारोबार भएको छ ।

आईतवार सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ३२ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आज माथिल्लो तामाकोशी र नारायणी विकास बैंकको शेयर सबैभन्दा धेरै आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।