नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

ओखलढुङ्गामा बुधबार थपिए १३ संक्रमित, २० निको

ओखलढुङ्गान्युज । माघ २६, ओखलढुङ्गा । बुधबार ओखलढुङ्गामा १३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बुधबार ३२ जनामा एन्टिजेन परीक्षण गर्दा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

बुधबार थपिनेहरुमा सिद्धिचरण नगरपालिकाका ८ जना र चिशंखुगढी गाउँपालिकाका ५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका सुचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । बुधबार १३ जना थपिए सँगै कोरोनाको तेश्रो लहरमा ओखलढुङ्गामा संक्रमित हुनेको संख्या ३ सय १ पुगेको छ । 

मंगलबार नै २० जना कोरोना भाइरसका संक्रमितहरु भने निको भएका छन् । योसँगै तेस्रो चरणमा संक्रमित भएर ओखलढुङ्गामा निको हुने संक्रमितको संख्या पनि २ सय ३१ पुगेको सुचना अधिकारी पन्तले जानकारी दिए । अब जिल्लामा सक्रिय संक्रमित ७० जना रहेका छन् । ती मध्ये ४ जना संस्थागत आइशोलेसनमा र ६६ जना होम आइशोलेसनमा रहेको पनि पन्तले जानकारी दिए ।