नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गामा आइतबार थपिए ६ संक्रमित, १७ निको

ओखलढुङ्गान्युज । माघ २३, ओखलढुङ्गा । आइतबार ओखलढुङ्गामा ६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आइबार ७ जनामा एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

आइतबार थपिनेहरुमा सिद्धिचरण नगरपालिकाका १ जना, र चिशंखुगढी गाउँपालिकाका ५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका सुचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । आइतबार ६ जना थपिए सँगै कोरोनाको तेश्रो लहरमा ओखलढुङ्गामा संक्रमित हुनेको संख्या २ सय ७५ पुगेको छ । 

आइतबार नै १७ जना कोरोना भाइरसका संक्रमितहरु भने निको भएका छन् । योसँगै तेस्रो चरणमा संक्रमित भएर ओखलढुङ्गामा निको हुने संक्रमितको संख्या पनि १ सय ८२ पुगेको सुचना अधिकारी पन्तले जानकारी दिए । अब जिल्लामा सक्रिय संक्रमित ९३ जना रहेका छन् । ती मध्ये २ जना संस्थागत आइशोलेसन र ९१ जना होम आइशोलेसनमा रहेको पनि पन्तले जानकारी दिए ।