नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

कोरोना अपडेट ः शुक्रबार ओखलढुङ्गामा थपिए १४ संक्रमित, २७ जना निको

ओखलढुङ्गान्युज माघ २१, ओखलढुङ्गा ओखलढुङ्गा जिल्लामा शुक्रबार १४ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । १४ जना नयाँ संक्रमित थपिदा २७ जना भने कोरोना भाईरस संक्रमण मुक्त भएका छन् ।

शुक्रबार ओखलढुङ्गामा २६ जनाको एन्टिजेन परीक्षण गर्दा १० महिला र ४ पुरुष गरि १४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकार पुष्पराज पन्तले जानकारी दिए । सूचना अधिकारी पन्तका अनुसार शुक्रबार थपिनेहरु सबै जना सिद्धिचरण नगरपालिका मात्रै हुन् ।

जिल्लामा दैनिक संक्रमितको संख्या बढ्दै गर्दापनि परीक्षणको दायरा नबढाएको भन्दै नागरिकहरुले गुनासो गरिरहेका छन् । कोरोना भाईरसको लक्षणसँग मिल्दोजुल्दो लक्षण भएका विरामीहरु परीक्षणको दायरामा अझै आएका छैनन् । अहिले मौसमी भाईरलका विरामीमा समेत कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै परीक्षण नगराउदा जिल्लाका कुनाकुनामा कोरोना संक्रमण फैलिरहेको आशंका गरिएको छ ।