नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गा कोरोना अपडेट ः विहिबार १२ थपिए, २२ निको

ओखलढुङ्गान्युज माघ २०, ओखलढुङ्गा ओखलढुङ्गामा विहिबार कोरोनाका १२ जना संक्रमित थपिएका छन् । विहिबार १८ जनामा एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

विहिबार थपिनेहरुमा चिशंखुगढी गाउँपालिकाका ९ जना, चम्पादेवी गाउँपालिकाका २ जना र सिद्धिचरण नगरपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । योसँगै ओखलढुङ्गामा कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या २ सय ४९ पुगेको छ ।

विहिबार नै जिल्लामा २२ जना कोरोना भाईरस संक्रमण मुक्त भएका छन् । योसँगे जिल्लामा कोरोना भाईरस संक्रमणबाट मुक्त हुनेको संख्या पनि १ सय २१ पुगेको छ ।

संक्रमित मध्ये १ सय २३ जना होम आईशोलेसन र ५ जना संस्थागत आईशोलेसनमा रहेको पनि सूचना अधिकारी पन्तले जानकारी दिए ।