नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गामा मंगलबार थपिए २३ संक्रमित, १७ निको

ओखलढुङ्गान्युज । माघ १८, ओखलढुङ्गा । मंगलबार ओखलढुङ्गामा २३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । मंगलबार ५० जनामा एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

मंगलबार थपिनेहरुमा लिखु गाउँपालिकाका ७ जना, सिद्धिचरण नगरपालिकाका ७ जना, चम्पादेवी गाउँपालिकाका ५ जना र चिशंखुगढी गाउँपालिकाका ४ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सुचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । मंगलबार २३ जना थपिए सँगै कोरोनाको तेश्रो लहरमा ओखलढुङ्गामा संक्रमित हुनेको संख्या २ सय ११ पुगेको छ । 

मंगलबार नै १७ जना कोरोना भाइरसका संक्रमितहरु भने निको भएका छन् । योसँगै तेस्रो चरणमा संक्रमित भएर ओखलढुङ्गामा निको हुने संक्रमितको संख्या पनि ७९ पुगेको सुचना अधिकारी पन्तले जानकारी दिए । अब जिल्लामा सक्रिय संक्रमित १ सय ३२ जना रहेका छन् । ती मध्ये ४ जना संस्थागत आइशोलेसन र १ सय २८ जना होम आइशोलेसनमा रहेको पनि पन्तले जानकारी दिए ।