नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा शोमबार ७ परीक्षणमा ६ पोजेटिभ, २१ निको

ओखलढुङ्गान्युज । माघ १७, ओखलढुङ्गा । शोमबार ओखलढुङ्गामा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शोमबार ७ जनामा एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

शोमबार थपिनेहरुमा लिखु गाउँपालिकाका २ जना महिला र मोलुङ गाउँपालिकाका २ जना पुरुष, २ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सुचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । शोमबार ६ जना थपिए सँगै कोरोनाको तेश्रो लहरमा ओखलढुङ्गामा संक्रमित हुनेको संख्या १ सय ८८ पुगेको छ ।

शोमबार नै २१ जना कोरोना भाइरसका संक्रमितहरु भने निको भएका छन् । योसँगै तेस्रो चरणमा संक्रमित भएर ओखलढुङ्गामा निको हुने संक्रमितको संख्या पनि ६२ पुगेको सुचना अधिकारी पन्तले जानकारी दिए । अब जिल्लामा सक्रिय संक्रमित १ सय २६ जना रहेका छन् । ती मध्ये ५ जना संस्थागत आइशोलेसन र १ सय २१ जना होम आइशोलेसनमा रहेको पनि पन्तले जानकारी दिए ।