नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गामा बुधबार थपिए ६ स्वास्थ्य कर्मी सहित ३३ संक्रमित, ३ महिने शिशुमा पनि संक्रमण

ओखलढुङ्गान्युज । माघ १३, ओखलढुङ्गा । बुधबार पछिल्लो २४ घण्टामा ओखलढुङ्गामा एकैदिन ३ महिने शिशु सहित ३३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । बुधबार संक्रमण पुष्टि हुनेहरुमा ६ जना स्वास्थ्यकर्मी समेत रहेका छन् ।

जिल्लामा बुधबार ४७ जनामा एन्टिजेन परीक्षण गराउदा ३३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । सूचना अधिकारी पन्तका अनुसार बुधबार सिद्धिचरण नगरपालिकाका १३ जना, चिशंखुगढी गाउँपालिकाका ९ जना, चम्पादेवी गाउँपालिकाका ६ जना, मोलुङ गाउँपालिकाका २ जना, सुनकोशी गाउँपालिकाका २ जना र लिखु गाउँपालिकाका १ जना रहेका छन् ।

कोरोना भाईरसं संक्रमणको परीक्षणका क्रममा ३ महिने शिशुमा पनि कोरोना पोजेटिभ पाइएको सूचना अधिकारी पन्तका भनाई छ । कोरोना संक्रमणको लहर फैलिएसँगै ३ महिने शिशुमा पनि कोरोनाको संक्रमण देखिएको ओखलढुङ्गामा पहिलो घटना हो । शिशुमा संक्रमण र विशेषतः स्वास्थ्यकर्मीमा समेत संक्रमण फैलिएको देखिएपछि थप सतर्कता र साबधानी अपनाउन स्वास्थ्य कार्यालय रुम्जाटारले सबैमा अनुरोध गरेको छ ।