नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

जिल्ला प्रशासन ओखलढुङ्गाका ४ कर्मचारीलाई कोरोना, पाँच दिन सेवा स्थगन

ओखलढुङ्गान्युज माघ १०, ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका ४ जना कर्मचारीहरुलाई शोमबार कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । शोमबार जिल्ला भर ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ४ जना जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका कर्मचारी हुन् ।

कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले शोमबार एक विज्ञप्ती जारी गर्दै मंगलबारवाट ५ दिन सम्म जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाबाट प्रदान हुने सबै सेवा स्थगन गरिएको जनाएको छ । शोमबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार मण्डलले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालयका ४ जना कर्मचारीमा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ पाईएकोले संक्रमणको जोखिम बढ्ने अबस्थालाई मध्यनजर गर्दै २०७८ माघ ११ गते देखी ५ दिनका लागि अत्याबश्यक बाहेकको सेवा स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।’

पछिल्लो दिनमा आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधीहरु आफैले गाडी रिजर्भ गरेर नागरिकता तथा मतदाता परिचयपत्र बनाउन नागरिकहरु लिएर आउदा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा भिडामभिड हुने गरेको थियो ।

देशब्यापी रुपमा कोरोना संक्रमणको दर फैलिएसँगै ओखलढुङ्गामा पनि संक्रमणको दर तिब्र गतिमा उकालो लागेको छ । संक्रमणको तेश्रो चरणमा ओखलढुङ्गामा मात्रै ५५ जना नागरिक कोरोना भाईरस संक्रमित भैसकेका छन् ।

जिल्ला प्रशासन कार्यालयको सूचना