नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ढुङ्गाले बोलेरो किच्दा ओखलढुङ्गामा ३ जनाको मृत्यु, ३ घाईते

ओखलढुङ्गान्युज माघ , ओखलढुङ्गा आईतवार विहान माथिवाट झरेको ढुङ्गाले बोलेरोलाई किच्दा ओखलढुङ्गामा ३ जनाको मृत्यु भएको छ । जिल्ला सिद्धिचरण नगरपालिका २ निशंखे भञ्ज्याङ्ग हुदै ओखलढुङ्गा तर्फ आउदै गरेको को १ ज ३५६९ नम्बरको बोलेरोलाई सिद्धिचरण नगरपालिका ३ नारायणस्थानमा सडक खन्ने क्रममा डोजरले सडक माथिवाट झारेको ढुङ्गोले किचेको थियो ।

ढुङ्गोले लाग्दा बोलेरोमा सवार सिद्धिचरण नगरपालिका वडा नं. १ युषक कोईराला, युनिषा कोईराला र मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. १ मोलीका हेम बहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक काफ्लेका अनुसार अनुसार घटनामा परी चालक सहित अन्य तिन जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा सिद्धिचरण नगरपालिका वडा नं. १ का लक्ष्मी कोईराला, मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. १ मोलीका देव बहादुर श्रेष्ठ र चालक सञ्जिव श्रेष्ठ रहेका छन् । घटनामा परेकाहरुलाई उद्धार गरि उपचारका लागि अहिले सामुदायीक अस्पताल सोब्रुमा पु¥याईएको र उनीहरुको त्यही उपचार भैरहेको पनि प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।