नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

माओवादी केन्द्र सिद्धिचरण नगर कमिटीमा २२ सदस्यीय सचिवालय निर्माण

ओखलढुङ्गान्युज माघ , ओखलढुङ्गा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ओखलढुङ्गा अन्तर्गत सिद्धिचरण नगर कमिटिको दोश्रो विस्तारित बैठक सम्पन्न भएको छ । मंगलबार सम्पन्न भएको दोश्रो विस्तारित बैठकले नगरपालिकामा २२ सदस्यीय सचिवालयको निर्माण गरेको छ ।

माओवादी केन्द्र प्रदेश नं. १ का सदस्य एवम् ओखलढुङ्गा जिल्ला प्रदेश क का ईञ्चार्ज निशान्त शर्माको प्रमुख आतिथ्यतामा विस्तारित बैठक सम्पन्न भएको नगर कमिटीका उपाध्यक्ष टोकल श्रेष्ठले जानकारी दिए । उपाध्यक्ष श्रेष्ठका अनुसार मंगलबारको विस्तारित बैठकले नगरपालिकाका सम्मेलन गर्न बाकी रहेको वडाहरुमा माघ मसान्तसम्ममा वडा सम्मेलन सकिसक्ने पनि निर्णय भएको बताए ।

दोश्रो विस्तारित बैठकमा गत मंशिर १५ गते भएको नगरपालिका अधिबेशनमा निर्वाचित भएका नगर कमिटीका सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र समेत प्रदान गरिएको छ । विस्तारित बैठकमा प्रशिक्षण दिदै प्रमुख अतिथि शर्माले नेकपालाई सर्बोच्च अदालतले अबैध ठहर गरेर विघटन गरेसँगै संगठनलाई ओखलढुङ्गामा चलायमान बनाउन केहि समस्या देखिएपनि अब भने चलायमान हुने बताए । नेकपा बनेसँगै माओवादीका गतिबिधी नहुँदा संगठनहरु स्थानीय स्तरमा कमजोर देखिएको बताउदै टोलटोलमा गएर संगठन निर्माणको काममा लागि पर्न सबै नगरकमिटिका सदस्यलाई निर्देशन दिए ।

प्रमुख अतिथि शर्माले स्थानीय वडाहरुमा अझै धेरै नागरिकहरुलाई माओवादीसँगको विश्वास नटुटीसकेकोले उनीहरुको विश्वासलाई पुन जागृत गराउन टोलटोलमा पुग्न निर्देशन दिए । टोलटोलमा पुगेर नागरिकसँग साक्षात्कार गर्दै अगाडी बढेमा पुन एकपटक संगठन उठ्ने र आगामी निर्वाचनमा २०७४ सालको भन्दा धेरै स्थानीय तहहरुमा विजय सुनिश्चित रहेको शर्माले दावी गरे ।