नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

ओखलढुङ्गामा मंगलबार थपिए कोरोनाका ५ संक्रमित

 

ओखलढुङ्गान्युज । माघ ४, ओखलढुङ्गा । विश्वमा कोरोना भाइरस संक्रमणको तेश्रो लहर चलेसँगै नेपालमा पनि तिब्र गतिमा फैलन थालेको छ । यसै क्रममा ओखलढुङ्गा जिल्लामा पनि कोरोना भाइरस संक्रमणले तिब्रता दिएको छ ।

मंगलबार मात्रै ओखलढुङ्गा जिल्लामा ११ जनामा एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार पछिल्लो २४ घण्टामा ९ जना पुरुष र २ जना महिलामा एन्टिजेन परीक्षण गर्दा ४ पुरुष र १ महिला गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका सुचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । पुष्टि हुनेहरुमा खोटाङ जिल्लाका १ जना, सुनकोशी गाउँपालिकाका १ जना, मोलुङ गाउँपालिकाका १ जना र सिद्धिचरण नगरपालिकाका २ जना रहेका छन् ।

मंगलबार ५ थपिएसँगै ओखलढुङ्गामा अब तेश्रो कोरोना भाइरस संक्रमणको लहर फैलिएसँगै सक्रिय संक्रमितको संख्या १२ पुगेको छ । सक्रिय संक्रमित मध्ये १ जना संस्थागत र ११ जना होम आइशोलेसनमा रहेको पनि सुचना अधिकारी पन्तले जानकारी दिए ।