नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गा जादै गरेको बोलेरो थापाचौरमा दुर्घटना, चालक गम्भिर घाईते

ओखलढुङ्गान्युज माघ , ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका अन्तर्गत रामपुरवाट ओखलढुङ्गा तर्फ जादै गरेको बोलेर दुर्घटना हुदा बोलेरो चालक गम्भिर घाईते भएका छन् । रामपुरवाट ओखलढुङ्गा तर्फ जादै गरेको स १ ज १८२३ नम्बरको डबल क्याप बोलेरो कुन्तादेवीको थापाचौरमा दुर्घटना परेको हो ।

जिल्ला सदरमुकाम तर्फ जादै गरेको खाली बोलेरो विहानै ओखलढुङ्गा जादा सडक खाली भएको अबस्थामा तिब्रगतिमा चलाउदा गाडी दुर्घटनामा परेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । गाडी दुर्घटना हुदा घाईते भएका गाडी चालकलाई उद्धार गरि अहिले उपचारका लागि सामुदायीक अस्पताल सोब्रु लगिएको छ ।

बोलेरोमा चालक भन्दा अरु नरहेको र दुर्घटनामा परेका चालकको अबस्था गम्भिर रहेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयो काफ्लेका अनुसार घाईते चालक कृष्ण प्रसाद दाहालको अबस्था गम्भिर रहेकोले थप उपचारका लागि काठमाण्डौं लैजाने तयारी भैरहेको छ ।