नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

निशंखेभञ्ज्याङ्गमा बोलेरो दुर्घटना, ५ घाईते

ओखलढुङ्गान्युज । माघ २, ओखलढुङ्गा । आईतबार विहान ओखलढुङ्गाको निशंखेभञ्ज्याङ्गमा बोलेरो दुर्घटनामा परेको छ । जिल्लाको चिशंखुगढी गाउँपालिकावाट ओखलढुङ्गा तर्फ आउदै गरेको ना १ ज ४९५१ नम्बरको बोलेरो सिद्धिचरण नगरपालिका वडा नं. २ को ठुलाछाप, निशंखेभञ्ज्याङ्ग भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

बोलेरो दुर्घटना हुदा गाडीमा सवार चालक सहित ३ जना र नजिकै घाम तापेर बसेका २ महिला सहित ५ जना घाईते भएका छन् । जिल्ला सदरमुकाम तर्फ आउदै गरेको उक्त बोलेरा सडकवाट उछिट्टिएर सडक मुनी रहेको दिपक फुयालको घरमा ठोक्किएको थियो । गाडी पल्टिएर दिपक फुयालको घरको आगनमा घाम तापि रहेका चन्द्रिका फुयाल र रुपा दाहाललाई ठक्कर दिएको थियो । त्यस्तै गाडी भित्र रहेका बोलेरो चालक सहित केशब खत्री र कुमार कटवाल पनि घाईते भएका हुन् । बोलेरो पल्टदा गाडीको ठक्करका कारण दिपक फुयालको घरमा समेत क्षति पुगेको छ ।

गाडीले ठक्कर दिएर घाईते भएका र बोलेरो भित्र सवार रहेका यात्रु समेत घाईते भएपछि उनीहरुलाई उद्धार गरेर उपचारका लागि सामुदायीक अस्पताल सोब्रुमा ल्याईएको थियो । उपचारका लागि सामुदायीक अस्पताल ल्याईएका दुवैजना महिलालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौं पठाइएको छ । घाईते सबैको अबस्था सामान्य रहेको प्रहरीले जनाएको । बोलेरो तिव्रगतिमा चलाउदा दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । दुर्घटनामा परी घाईते भएका चालकलाई प्राथमिक उपचारपछि अहिले प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ ।