नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

२४ घण्टामा २६ लाख मानिसमा कोरोना पुष्टि

ओखलढुङ्गान्युज पुष २४ पछिल्ला दिनहरुमा विश्वमा कोरोना संक्रमित हुनेको संख्या क्रमशः बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर झण्डै २६ लाख मानिसमा कोरोना पुष्टि भएको छ । विश्वमा कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टको प्रकोप बढेसँगै दैनिकजसो संक्रमितको संख्या बढिरहको हो ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ७ लाख ५५ हजार जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै फ्रान्समा ३ लाख २८ हजार, बेलायतमा १ लाख ७८ हजार, भारतमा १ लाख ४१ हजार र स्पेनमा १ लाख १५ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । उता अर्जेन्टिनामा १ लाख १० हजार, इटलीमा १ लाख ८ हजार, अस्ट्रेलियामा ७८ हजार, टर्कीमा ६३ हजार र जर्मनीमा ५९ हजार जनामा कोरोना पुष्टि भएको वल्र्ड मिटरले जनाएको छ ।

यसै अवधिमा कोरोना संक्रमणबाट विश्वभर ६ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अमेरिकामा १ हजार ७ सय ६८, रसियामा ७ सय ८७, जर्मनीमा २ सय ८४, भियतनाममा २ सय ३३, बेलायतमा २ सय २९, इटलीमा २ सय २३ र फ्रान्समा १ सय ९३ जनाको मृत्यु भएको पनि वल्र्ड मिटरले जनाएको छ ।