नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

कक्षा ११ को ग्रेड बृद्धि नतिजा सार्वजनिक

ओखलढुङ्गान्युज पुष २३, काठमाण्डौं परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ । २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज प्रकाशित गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार असोज ११ गते भएको परीक्षामा ग्रेडवृद्धि तर्फ २१ हजार ८ सय १६ र आंशिकतर्फ २ हजार ९ सय ८ गरी जम्मा २४ हजार ७ सय २४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये ७९ दशमलब ०६ प्रतिशत उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np बाट हेर्न सकिन्छ । साथै नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा १६०१ नम्बरमा डायल गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।