नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

माओवादी केन्द्रको महाधिबेशन रौनक ः आजवाट निर्वाचन प्रकृया

ओखलढुङ्गान्युज । पुष १८, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको ८ औं राष्ट्रिय महाधिबेशनमा चुनावी रौन्क सुरुवात भएको छ । चुनावी प्रकृया मार्फत नेतृत्व चयनका लागि तयारी भएपनि सहमतिका लागि थप गृहकार्य गर्ने भन्दै सुरु भैसकेको शनिवार बन्दसत्र स्थगन गरेको थियो । 

महाधिबेशनको तालिका अनुसार आईतवार दिउसो निर्वाचन प्रकृयाबाट नेतृत्व चयन गर्ने तयारी थियो । तर सर्वसम्मत नेतृत्व चयनका लागि गृहकार्य गर्ने बारेमा महाधिबेशन आयोजक कमिटिमा छलफल भएपछि बन्दसत्र स्थगित हुँदा आईतवार दिउसो २ बजेवाट तय गरिएको निर्वाचन तालिका समेत प्रभावित भई हेरफेर भएको छ ।

आठौं राष्ट्रिय महाधिबेशनको संशोधित निर्वाचन तालिका अनुसार आईतवार दिउँसो २ बजेदेखि दिउँसो साढे ३  बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । उम्मेदवारी फिर्ताका लागि बेलुका साढे ५ बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली बेलुका पौने ६ बजे प्रकाशन गरिनेछ ।

महाधिबेशन निर्वाचन आयोगका अनुसार आज बेलुका साढे ६ बजेदेखि राति  साढे १० बजेसम्म चुनावका लागि समय निर्धारण गरिएको छ । महाधिबेशन आयोजक कमिटीले शनिवार बेलुका साढे ६ बजेसम्म प्रयास गर्दा पनि सहमति नजुटेपछि पौने ७ बजे सुरु भएको बन्द सत्र आईतवार दिउँसो १ बजेसम्म गृहकार्य गर्ने भन्दै पुनः स्थगित गरेको हो ।