नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

सामाजिक विकास मन्त्री यादवद्वारा कोभिड अस्पतालको अनुगमन

ओखलढुङ्गान्युज । पुष १३, विराटनगर । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरको अनुगमन गरेका छन् । मन्त्री यादवले सहयोगी कर्मचारी सहित शोमबार अस्पतालको अनुगमन गरेका हुन् ।

मन्त्री यादवले अनुगमनको क्रममा कोभिड अस्पतालले दिईरहेको सेवा र आगामी दिनमा गर्नुपर्ने तयारीका विषयमा अस्पताल प्रशासन तथा कर्मचारीसँग छलफल गरेका थिए । छलफलका क्रममा मन्त्री यादवले कोभिड संक्रमितको उपचारका खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा व्यवस्थापकहरुको प्रशंसा गर्दै कोभिड अस्पतालले दिने सेवाका बारेमा सेवाग्राहीबाट कुनैपनि गुनासो नआउने गरि काम गर्न निर्देशन दिएका थिए ।

मन्त्री यादवले कोभिड अस्पताल नजिकै निर्माण भईरहेको भवनको पनि अवलोकन गरेका थिए । ७६ वेडको नयाँ भवन निर्माण सम्पन्न भएलगत्तै कोभिड अस्पताललाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसीयु वेड २१, एचडियू ४७, अक्सिजन सहितको जेनरेल वेड १५ र अक्सिजन विनाको वेड १३ वटा रहेको छ । अस्पतालमा अहिले १० जना संक्रमितको उपचार भईरहेको छ ।