नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

सोलुखोला दुधकोशी जलविद्युत आयोजना ः दुई जना इन्जिनियरको मृत्यु

 ओखलढुङ्गान्युज पुष १२, सोलुखुम्बु सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा आईतबार भएको दुर्घटनामा परि दुई जना इन्जिनियरको मृत्यु भएको छ । घटनामा परि मृत्यु हुनेहरुमा इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापा रहेका छन् ।

सोलुखुम्बु जिल्लामा निर्माणाधिन अबस्थामा रहेको ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा आईतवार सुरुङ भित्र पाईपमा पानी हालेर परीक्षण गर्ने क्रममा आयोजनाको पेनस्टक पाइप पड्किएर दुर्घटना भएको थियो । दुर्घटनामा आयोजनामा कार्यरत दुई जना ईञ्जिनियरको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो । परीक्षणका क्रममा पाइपमा पानी हालेपछि विष्फोटसहित जोडिएको भाग छुटिएको थियो ।

दुर्घटना हुनासाथ घाईतेहरुको उद्धार गर्न नसक्दा ईञ्जिनियरहरुको घटनामा नै मृत्यु भएको बताईएको छ । घटनापछि घाईतेलाई उपचारका लागि काठमाण्डौं लैजान हेलिकप्टर बोलाउदा हेलिकप्टर अबतरण गर्न नसकेपछि घाईतेलाई ओखलढुङ्गाको सामुदायीक अस्पताल सोब्रुमा लगिएको थियो । सामुदायीक अस्पतालमा पुर्याएपछि दुबै घाईतेलाई अस्पतालले मृत्यु भएको घोषित गरेको थियो ।