नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

ओखलढुङ्गामा यो सिजनको पहिलो पटक हिउ ः सडक अबरुद्ध

फायल फोटो

ओखलढुङ्गान्युज पुष ११, ओखलढुङ्गा ओखलढुङ्गामा शुक्रबार साझवाट पानी परे सगै शुक्रबार रातिदेखि हिमपात भएको छ । शुक्रबार सामान्य हिउ परेकोमा शनिवार साँझ थप पानी परेसँगै जिल्लाका माथिल्लो भागमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण जिल्लाको माथिल्लो भेगको जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण शनिवार साँझदेखी नै ओखलढुङ्गा–सोलुखुम्बुको सिमानामा पर्ने सिद्धिचरण राजमार्ग अन्तर्गत पत्ताले सडक खण्ड अबरुद्ध भएको छ । बाक्लो हिउँ परेपछि सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ । राजमार्ग अबरुद्ध भएका कारण ओखलढुङ्गा हुदै दुईपांग्रे चारपांग्रे सवारी साधनको प्रयोग गरि सोलुखुम्बु जाने तथा सोलुखुम्बुवाट ओखलढुङ्गा हुदै काठमाण्डौ तथा तराईका जिल्लाहरुमा जाने सवारी साधनका यात्रुहरु समस्या भएको छ ।

हिउँका कारण आईतवार विहान सवारी सञ्चालनमा केहि समस्या भएपनि विहान चाडै नै सवारीका साधन सञ्चालन हुने यातायात व्यबसायीहले बताएका छन् । हिउँ परेपछि जिल्लाका तल्लो भेगका सर्वसाधारणहरु भने हिउँ खेल्नका लागि आईतवार विहानै पत्ताले, ठाडे, जन्तरधाप पुगेका छन् ।  

हिमपातसँगै बढेको यहाँको तापक्रम सुन्यमा झरेको छ । चिसोले गर्दा सर्वसाधारण घरवाट बाहिर निस्कन सकेका छैनन् । जिल्लाको उत्तरी क्षेत्र सिद्धिचरण नगरपालिकाको जन्तरखानी, मोलुङ्ग गाउँपालिकाको पात्ले तथा खिजीदेम्वा गाउँपालिकाको ४ वटा वडामा हिमपात भएको छ ।