नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

कम्युनिष्टहरुमा फेरी खुशीको सञ्चार ः नेकपा मसाल माओवादी केन्द्रसँग एकिकरण

ओखलढुङ्गान्युज पुष , काठमाण्डौं टुटफुट तथा विघटनका समाचारले दिक्क भएका कम्युनिष्टहरुमा शुक्रबार सानो भएपनि खुशी फर्किएको छ । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी मसाल (सम्पर्क केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिच एकता भएसँगै नेपालका कम्युनिष्टहरुमा थोरै भएपनि खुशीको सञ्चार फैलिएको हो ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको लोकेन्द्र लम्साल संयोजकत्वको मसाल सम्पर्क केन्द्र र माओवादी केन्द्रबीच एकता भएको हो । मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुमा विवाद भएपछि मसालमा विद्रोह गरेर मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो । सोही समूह माओवादी केन्द्रमा विलय भएको हो ।

माओवादी शान्त्रि प्रक्रियामा आएपछि मोहनविक्रम सिंहसँग विद्रोह गर्दै डिलाराम आचार्य, नवराज सुवेदी लगायत माओवादीसँग एकतामा आएका थिए । लम्साल त्यो एकतामा सहभागी नभइ मसालभित्रै अन्तरसंघर्षमा रहेका थिए । यो समूहको देशका ३९ जिल्लामा संगठन रहेको बताईएको छ ।

दक्षिण एशियामा नै ठूलो कम्युनिष्ट पार्टी बनेको नेकपा नेकपा अदालतको आदेशसँगै नेकपा माओवादी केन्द्र र नेकपा एमालेमा विभाजन भएको थियो । त्यसको केही समय नवित्दै एमाले पुन टुक्रिएको थियो । यसभन्दा अगाडी पनि नेपालमा रहेका कम्युनिष्टहरु एक भएको हेर्न चाहना राख्ने आम नागरिकहरुमा तुसारापात गर्दै नेपालका कम्युनिष्टहरु दर्जनौंको संख्यामा टुक्रिएका थिए ।  तर नागरिकहरुले भने देशका कम्युनिष्टहरुको एकतामा जोड दिईरहेका छन् ।