नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

पत्रकार कुम्भराज राईको शब्दमा मेघराजको मनको चोखो माया

ओखलढुङ्गान्युज पुष , ओखलढुङ्गा ओखलढुङ्गाका स्थापित पत्रकार कुम्भराज राईको शब्द रहेको मेघराज राईको पहिलो गीत मनको चोखो मायाको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियो, भिडियो द नेसैन्स फ्ल्यांक्सले आफ्नै युट्यूब च्यानलबाट सोमबार सार्वजनिक गरेको हो ।

शोमबार सार्वजनिक भएको म्युजिक भिडियोको निर्देशन अनिल सुब्बाले निर्देशन गरेका छन् भने गीतको संगीतकार भने महेश ताम्राकार हुन् । त्यस्तै म्युजिक भिडियोमा संगीत संयोजन उदयराज पौडेलको रहेको ।

पुरानो नेपाली कथानक चलचित्र सम्झाउने उद्देश्यले सोही शैली पछ्याएर भिडियो बनाइएको द नेसैन्स फ्ल्यांक्स टिमले जनाएको छ । गीत र द्वन्द्धलाई नाटकीय ढंगबाट देखाएको भिडियोमा अधिकांश नाट्यक्षेत्रका कलाकारहरु रहेका छन् । भिडियोमा चर्चित कलाकारहरु कुसुम गुरुङ, कवि राई, रुपेश लामा र सुरज तमुले मूख्य अभिनय गरेका छन् ।

सुमन तुम्बापो, मणि के राई, सौजन सेनेहाङ, संजिप योगी लगायतलाई भिडियोमा देख्न सकिन्छ । जे डी तमुले छायांकन र सम्पादन गरेको भिडियोको नृत्य निर्देशन चाहीँ मणि के राईले गरेका छन् ।

भिडियो यहाँवाट पनि हेर्नुस :