जेएमजीएसको कार्यक्रमको अनुगमन, सरोकारवालाले गरे प्रशंसा
ओखलढुङ्गान्युज । पुष , ओखलढुङ्गा । ग्रामिण महिला जागरण सञ्जाल ओखलढुङ्गाले जिल्लाको मोलुङ गाउँपालिकाका विभिन्न सामुदायीक विद्यालयहरुमा गरेको कार्यक्रमको सरोकारवालाहरुले अनुगमन गरेका छन् । अनुगमनका क्रममा सञ्जालले गरेको कामको सहभागीहरुले प्रशंसा गरेका छन् ।
सञ्जालले काम गरिरहेको मोलुङ गाउँपालिका वडा नं. १ र २ का विभिन्न सामुदायीक विद्यालयहरुमा केहि दिन अगाडी नागरिक प्रमुख जिल्ला अधिकारी वन्दना राई, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्ले, समाजका प्रतिनिधी तथा सञ्चारकर्मीहरुले अनुगमन गरेका थिए । अनुगमनका क्रममा समुदायीक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई लक्षित गरेर वनाईएको सेनेटरी प्याड चेञ्जिङ रुम र सरसफाईको सामाग्री उपलब्ध गराउने कार्यक्रम प्रभावकारी भएको भन्दै जेएमजीएसको प्रशंसा गरेका थिए ।
अनुगमन टोलीले प्रतिनिधी मूलक रुपमा सरस्वती मावि कुन्तादेवी, गणेश मावि ढुस्के र कुन्तादेवी आवि ढकालगाउँको अनुगमन गरेको थियो । अनुगमनका क्रममा जिल्ला प्रहरी कार्यालयको तर्फवाट गणेश मावि ढुस्केका शिक्षक तथा विद्यार्थीहरुलाई सहभागी गराएर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको मौका पारेर लागूऔषध दुव्र्यसनी नियन्त्रण सम्बन्धि अनुशिक्षण कार्यक्रम समेत सञ्चालन गरिएको थियो । अनुशिक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वन्दना राई र जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले सहजीकरण गर्नुभएको थियो ।