नेपाली समय Loading...२०८२ बैशाख ९ मंगलवार

ट्राफिक सप्ताहको पहिलो दिन, ओखलढुङ्गामा प्रहरीको प्रभातफेरी

ट्राफिक सप्ताह

ओखलढुङ्गान्युज पुष , ओखलढुङ्गा आईतवारवाट देशव्यापी रुपमा ट्राफिक प्रहरी सप्ताह कार्यक्रम सुरु भएको छ । सप्ताह व्यापी रुपमा मनाईने ट्राफिक सप्ताह २०७८ को पहिलो दिन आईतवार जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले सदरमुकाममा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

ट्राफिक सप्ताह

सप्ताहव्यापी कार्र्यक्रम अन्तर्गत प्रभातफेरी कार्यक्रमको संघिय प्रतिनिधी सभाका सांसद माननिय यज्ञराज सुनुवार र प्रमुख जिल्ला अधिकारी वन्दना राईले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात सचेतना मूलक माईकिङ सहित विभिन्न नारा लेखिएको प्लेकार्ड सहित सयौंको संख्यामा रहेका सहभागीहरुले जिल्ला प्रहरी कार्यालय हुर्दै गणेशचोकसम्म बजार परिक्रमा गरेको थियो ।

ट्राफिक सप्ताह

बजार परिक्रमा पश्चात सिद्धिचरण नगरपालिकाको सभाहलमा औपचारीक कार्यक्रमको समेत आयोजना गरिएको थियो । औपचारीक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले जिल्लामा विगत तीन वर्षको अबधीको दुर्घटनाको अबस्था तथा क्षतिको बारेमा तथ्यांक प्रस्तुती गर्नुभएको थियो । तथ्यांकका आधारमा विगत २ वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा नै जिल्लामा सवारी दुर्घटना र क्षतिको अबस्था बढेको पाईएको छ ।

नागरिकहरुले ट्राफिक नियम पालना नगर्दा दुर्घटना र क्षतिको क्रम बढेकोले ट्राफिक नियम सम्बन्धी सचेतना फैलाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको प्हरी प्रमुख प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयो । प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत प्रदेश ट्राफिक प्रहरी कार्यालयको आयोजनामा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा सुरुवात भएको सप्ताहव्यापी कार्यक्रम एकहप्ता सम्म विभिन्न स्थानमा फरक फरक कार्यक्रम गरि मनाईने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।