नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

पात्लेमा वडा स्तरिय भलिवल प्रतियोगिता सुरु

ओखलढुङ्गान्युज पुष , ओखलढुङ्गा वाड कार्यालय पात्लेको आयोजनामा शुक्रबारवाट वडा स्तरिय भलिवल प्रतियोगिता सुरु भएको छ । तीनदिन सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको नेकपा एमालेका केन्द्रिय सदस्य एवम् संघिय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा मोलुङ गाउँपालिकाका ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाईने प्रतियागिताका व्यबस्थापक कुमार थापाले जानकारी दिए । प्रतियोगिताको निर्णायक भने प्रदेश रेफ्रि सुधिर कार्की र गोविन्द तामाङ रहेका छन् ।

प्रतियोगिताका विजेता टिमले क्रमशः नगद रु ३० हजार, २० हजार, १० हजार र ५ हजार नगदका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उधौली पर्वको अबसरमा आयोजित उक्त प्रतियोगिताको आईतवार हुने समापनमा प्रदेश नं. १ का पूर्व भौतिक पूर्वाधार विकास मन्त्रि अम्बिर गुरुङको उपस्थिती रहने पनि व्यबस्थापक थापाले जानकारी दिए ।