नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ए डिभिजन फुटबलका पाँचौं चरणको खेलहरु आजबाट

ओखलढुङ्गान्युज । पुष २, काठमाण्डौं । आजबाट सहिद स्मारक लिग ए डिभिजन फुटबल अन्तर्गत पाँचौं चरणको खेलहरु सुरु हुँदैछ। पाचौं चरणका खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पाचौं चरणका खेल अन्तर्गतको पहिलो खेल सातदोबाटो युथ क्लव र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीचको दिउँसो १ बजे सुरु हुनेछ । अपराजित आर्मी ४ खेलमा २ मा जित र २ मा बराबरी खेल्दै ८ अंक सहित तालिकाको तेस्रो स्थानमा रहेको छ। सातदोबाटो युथ क्लब ७ अंकसहित तालिकाको ५ औं स्थानमा रहेको छ।

यस्तै, शुक्रबार नै हुने दोस्रो खेल साविक विजेता मच्छिन्द्र क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मच्छिन्द्र र संकटा क्लबबीचको खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।  संकटा ४ खेलमा २ मा जित र २ मा बराबरी खेल्दै ८ अंक सहित तालिकाको चौंथो स्थानमा रहेको छ । डिफेण्डिङ च्याम्पियन मच्छिन्द्र भने अपराजित रहदै ४ खेलमा ३ मा जित र एक बराबरी खेल्दै १० अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।