नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

माओवादी केन्द्र पालिका अधिबेशन ः सिद्धिचणको अध्यक्षमा शाक्य निर्वाचित

ओखलढुङ्गान्युज । मंशिर १५, ओखलढुङ्गा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सिद्धिचरण नगर कमिटिको अध्यक्षमा रुपेश शाक्य निर्वाचित भएका छन् । बुधबार सम्पन्न भएको प्रथम नगरपालिका अधिबेशनले शाक्यलाई सर्बसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

प्रथम नगरपालिका अधिबेशनले शाक्यको अध्यक्षतामा ६५ सदस्यिय नगरपालिका कमिटि समेत चयन गरेको छ । प्रथम अधिबेशनले नगर कमिटिको उपाध्यक्षमा टोकल श्रेष्ठ, चन्द्रिका फुयाल र पासाङ शेर्पालाई सर्बसम्मत निर्वाचित गरेको छ । त्यस्तै नगर कमिटिको सचिवमा बसन्त कटवाल, सहसचिवमा सन्त बहादुर मगर र कोषाध्यक्षमा जिर कुमारी मगरलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

नगर अधिबेशनवाट नै प्रदेश अधिबेशन प्रतिनिधीको छनौट गर्नुपर्नेमा धेरैजनाले दावी गरेपछि प्रदेश अधिबेशन प्रतिनिधी छनौट भने हुन सकेन । पार्टीको निर्देशन अनुसार प्रदेश अधिबेशनका लागि सिद्धिचरण नगर कमिटिलाई ४ जनाको कोटा तोकिएको छ । कोटा संख्या भन्दा धेरैले दाबी गरेपछि उक्त प्रतिनिधी भने निर्वाचित नगर कमिटिको प्रथम बैठकले टुङ्गो लगाउने माओवादी केन्द्रका एक नेताले बताए ।