नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

माओवादी केन्द्र पालिका अधिबेशन ः लिखुको अध्यक्षमा पौडेल निर्वाचित

ओखलढुङ्गान्युज मंशिर १२, ओखलढुङ्गा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लिखु गाँउपालिकाको अध्यक्षमा नविन पौडेल निर्वाचित भएका छन् । शनिवार राति सम्पन्न भएको प्रथम गाँउपालिका अधिबेशनले पौडेललाई सर्बसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

शनिवार सम्पन्न भएको प्रथम लिखु गाँउपालिका अधिबेशनले तीन उपाध्यक्ष, १ सचिब, १ उपसचिव तथा १ कोषाध्यक्ष सहित ४५ सदस्यीय गाउँपालिका कमिटि सर्वसम्मत निर्वाचित गरेको छ । निर्वाचित हुनेमा उपाध्यक्षमा शिबराम खड्का शंकर कटवाल र प्रेम कुमारी मग्राती रहेका छन् । त्यस्तै सचिवमा टिकाराम मगर, सहसचिवमा शंकर तिमल्सिना, कोषाध्यक्षमा निरण बोगटी सर्वसम्मत निर्वाचित भएका हुन् ।

ओखलढुङ्गा प्रदेश सभा सदस्य एवम् प्रदेश नं. १ का अर्थ समितिका सभापति माननिय मोहन कुमार खड्काको विशेष उपस्थितीमा गाउँपालिका अधिबेशन सम्पन भएको हो । अधिबेशनवाट निर्वाचित सबैलाई बधाई ज्ञापन गर्दै सभापति खड्काले २०६४ सालमा देखिएको नेकपा माओवादी केन्द्रको साखलाई फर्काउने गरि संगठन विस्तार तथा सुदृढिकरण गर्दै अगाडी बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।