नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

ओखलढुङ्गा अधिबेशन अपडेट ः ६ सय मत गन्दा तेजेन्द्र २० मत अगाडी

ओखलढुङ्गान्युज । मंशिर ८, ओखलढुङ्गा । नेपाली कांग्रेस ओखलढुङ्गाको १४औं जिल्ला अधिबेशन अन्तर्गत मंगलबार भएको मतदानको मतगणना जारी छ । अपरान्ह ५ बजेसम्म जम्मा ६ सय मतगणना सकिएको छ । विहान १०:३० बजे सम्म ४ सय मतगणना सकेर खाना खानका लागि स्थगित गरिएको मतगणना पुन: दिउँसो २ बजेबाट सुरुवात गरिएको थियो ।

६ सय मतगणना गर्दा सभापतिका उम्मेदवार तेजेन्द्र खनालले ३०१ मत पाएका छन् भने बालकृष्ण दाहालले २८१ मत पाएका छन् । २ सय मतगणना गर्दा खनाललाई दाहालले ९ मतले लिड गरेका थिए भने अहिले ६ सय मतगणना गर्दा खनालले दाहाललाई २० मत अन्तरले लिड गरेका हुन् ।

त्यस्तै उपसभापतिमा कमल तामाङले ३६३, नवराज केसीले २७७, भूपेन्द्र बस्नेतले २६० र शान्तिराज खड्काले १९२ मत पाएका छन् ।

त्यस्तै सचिवमा अजय लुइटेल ३०४, विनोद कुमार केसी २६१, राज कुमार ढुङ्गाना ३०५ र राजाबाबु किरातीले २१६ मत प्राप्त गरेका छन् । त्यस्तै सहसचिवमा उज्जन बुढाथोकीले ३२३, टेक बहादुर खड्काले २००, प्रदिप कुमार बानियाँले २९० र भोज कुमार श्रेष्ठले २८१ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।