नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

आजबाट ओखलढुङ्गामा पनि कांग्रेसको प्रदेश क्षेत्रिय अधिबेशन

ओखलढुङ्गान्युज मंशिर , ओखलढुङ्गा शुक्रबार (आज) बाट देशव्यापी रुपमा नेपाली कांग्रेसको १४औं महाधिवेन अन्तर्गत प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु हुँदैछ । कांग्रसको केन्द्रीय निर्वाचन समितिका अनुसार पालिका तहका अधिवेशन सम्पन्न भएका जिल्लामा आज प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो ।

कांग्रेसले पहिलो पटक प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्न लागेको हो । संविधानको व्यवस्था अनुसार ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ कार्यसमिति चयन हुनेछ । यसअघि कांग्रेसले स्थानीय तहमा निर्देशिका बनाएर सहमतिमा प्रदेश सभा क्षेत्रीय कार्यसमिति चयन गरेको थियो ।

प्रदेश सभा क्षेत्रीय अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चयन गर्नेछ । ती महाधिवेशन प्रतिनिधिले प्रदेश कमिटी चयन गर्नेछन् । प्रदेश क्षेत्रिय अधिबेशन सम्पन्न हुनासाथ जिल्ला अधिबेशन पनि हुनेछ । ओखलढुङ्गामा कांग्रेसले जिल्ला अधिबेशन मंशिर ६ गते गर्दैछ । कांग्रेस ओखलढुङ्गामा जिल्ला तथा क्षेत्रिय अधिबेशनमा तेजेन्द्र खनाल र बालकृष्ण दाहाल समूहले प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् । दुवै समूहका बिचमा कडा प्रतिष्पर्धा हुने आकलन गरिएको छ ।

कांग्रेसको प्रदेश सभा अधिवेशन मंसिर १६–१७ गते हुँदैछ । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ ।