नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ककनी दुर्घटना अपडेट : थप १ को मृत्यु, मृतकको संख्या ४ पुग्यो

ओखलढुङ्गान्युज । कात्तिक २९, ओखलढुङ्गा । कटुन्जे बोलेरो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । उपचारमा ल्याइदै गरेका वर्ष ३५ की शान्ता मगरको मृत्यु भएसँगै मृतकको संख्या ४ पुगेको हो ।

बोलेर दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा परी घाइते भएका मध्ये गम्भीर घाइते चार जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

घटनाका अन्य घाइतेहरुलाई भने अस्थायी हेल्थ युनिट कोषहाटमा उपचार गरी थप उपचारकालागि सामुदायिक अस्पताल ओखलढुङ्गामा ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । घटनामा परि अरु १३ जना घाइते भएका छन् ।