नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ककनी बोलेरो दुर्घटना अपडेट, ३ को मृत्यु १४ घाईते

ओखलढुङ्गान्युज । कातिक २९, ओखलढुङ्गा । ओखलढुङ्गाको च्यानम हुदै चम्पादेवी ककनी बजार तर्फ तिर्थ यात्रीहरु बोकेर गएको गाडी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । घटनामा परि वोलेरोमा सवार अरु १४ जना घाईते भएका छन् ।

सुनकोशी गाउँपालिका वडा नं. ८ च्यानम हुदै ककनी बजार तर्फ गएको प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । बजार तर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका वडा नं. ९को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडक वाट करीब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घटनामा परि घाईते भएकाहरुको उद्धार गरि अहिले उपचारका लागि सामुदायीक अस्पताल सोब्रु पठाईएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए । घटनामा परि गम्भिर घाईतेहरुलाई भने उपचारका लागि काठमाण्डौं पठाउन हेलिकप्टर झिकाईएको प्रहरीले जनाएको छ । घटनाको अझै थप विवरण आउन बाकी छ । बोलेरोमा सुनकोशी गाउँपालिका वडा नं. ८ च्यानम र सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका नागरिक रहेको बताईएको छ ।